शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: कल्याणपुर तनावग्रस्त, सर्वोच्चले सरकारसँग खोज्यो कारण

दैनिक नेपाल २०८० असोज १८ गते २१:४८

काठमाडौं, १८ असोज । सर्वोच्च अदालतले बाँकेका रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण माग गरेको छ ।

बिहीबारको सुनुवाईमा न्यायाधीश मनोजकुमार शर्माको इजलासले सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

रिगलले २०७२ असार २८ गते नेपालगन्जमा चेतन मानन्धरको हत्या गरेका थिए । उनलाई २०७६ साल बैशाखमा अदालतले सर्वस्वसहित जेल सजाय सुनाएको थियो ।

गत संविधान दिवसमा सरकारको सिफारिसमा रिगललाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । रिगलको आममाफीविरूद्व चेतनकी श्रीमती भारती शेर्पा मानन्धरले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

रिटको अर्को पेशी असोज २५ गतेलाई तोक्न पनि अदालतले आदेश दिएको छ ।

हेरौँ दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित