
काठमाडौं, १८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ०८४ भनेको बहुमतसहित एमालेको एकल सरकार बनाउनु रहेको बताएका छन् ।
बागमती प्रदेशका निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आज सपथ ग्रहण गराउँदै उनले मिसन ०८४ भित्र विभिन्न नीति, योजना र कार्यक्रम रहेको उल्लेख गरे ।

यस्तै, उनले आफ्ना विरोधीले एमालेलाई विभाजन गर्न सकिन्छ कि भनेर प्रयास गरिरहेको र त्यस्ता सपनाहरू एमालेभित्र कहिल्यै सफल नहुने पनि बताए ।
राजनीतिभन्दा माथि उठेर कुरा गर्ने हो भने पनि मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन, विकासको बाटोमा अघि बढाउन एमालेबाहेकका अन्य शक्तिले नसक्ने भनाइ अध्यक्ष ओलीको छ । त्यसैका लागि मिसन २०८४ अनुसार पार्टीले जित्न आवश्यक भएको र नवनिर्वाचित नेतृत्वले सोही अनुसार काम गर्नुपर्ने भनाइ उनको थियो ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, बागमती प्रदेश ईन्चार्ज गुरु बराल, मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईलगायत नेताहरू सहभागी थिए ।














प्रतिक्रिया