२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिविहीन : रघुजी पन्त

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् प्रतिनिधि सभा सदस्य रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणमा मुलुकको विकास निर्माणका लागि ठोस उपलब्धि नभएको बताएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा उनले बीआरआई परियोजनाबाट नेपालले विकास पूर्वाधारमा लाभ लिन सक्ने मौका गुमेको समेत बताए ।

नेपालले दुई ठूला छिमेकी मुलुकको आर्थिक विकासबाट लाभ लिनुपर्ने भन्दै उनले सरकारले चीनसँग यसअघि भएका सहमति पनि कार्यान्वयन गर्न नसकेको धारणा व्यक्त गरे ।

बैठकमा एमालेका सचेतक महेशकुमार बर्तौलाले सभामुखले गरेको रुलिङप्रति सरकारले ध्यान नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराए । कान्ति बाल अस्पतालको घटना र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको विषयमा रुलिङ भए पनि सरकारले कार्यान्वयन नगरेको उनको भनाइ छ ।