
पोखरा, १८ असोज । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीको गण्डकी प्रदेश प्रथम अधिवेशनमा प्यानलगत उम्मेदवारी नरहेको बताएका छन् ।
प्यानलगत उम्मेदवारी सञ्चारमाध्यमले बनाइदिएको भन्दै उनले सङ्गठनको नेतृत्व गर्ने चाहना हुने व्यक्तिहरूले मात्रै उम्मेदवारी दिएको प्रष्ट पारेका हुन् ।
व्यक्तिगत हिसाबले आफ्ना उम्मेदवारीहरू प्रस्तावक र समर्थकसहित दिएको कुरालाई प्यानलगत भन्न नमिल्ने उनको भनाइ छ ।
नेतृत्वका लागि मायानाथ अधिकारी र नवराज शर्माले प्रतिस्पर्धा गरेका छन् भने २७ जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।













प्रतिक्रिया