२८ आश्विन २०८३, बुधबार

बुटवल उद्योग वाणिज्य संघको अधिवेशन भोलिदेखि सुरू हुँदै, प्रतिस्पर्धामा को–को ?

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १८ असोज । बुटवल उद्योग वाणिज्य संघको ७०औँ साधारण सभा तथा २५औँ अधिवेशन भोलिदेखि बुटवलमा सुरू हुँदैछ ।

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने अधिवेशनबाट भावी नेतृत्व समेत चयन गर्ने तयारी छ ।

भावी नेतृत्वका लागि हरि प्रसाद अर्यालले साझा व्यावसायिक समावेशी टीम बनाएर चुनावी मैदानमा होमिएका छन् । यस्तै, दिनेश प्रसाद श्रेष्ठले पनि आफ्नो टीम निर्माण गरी चुनावी प्रतिस्पर्धामा उत्रिएको छ ।

दुई वटा टीममध्ये ‘बीयूसीसीआई–मिशन २०८०’ का साथ तीव्र प्रचारमा रहेको हरि प्रसाद अर्याल नेतृत्वको टीम निर्वाचनको मैदानमा सशक्त र बलियो देखिएको छ । उनको टीमको उद्योग उपाध्यक्षमा सुरज भट्टराई र महासचिवमा मुक्ति अधिकारी उम्मेदवार छन् ।

यस्तै, कोषाध्यक्षमा बसन्त प्रसाद ढकाल, सचिवमा भेषराज गैरे र सह–कोषाध्यक्षमा धनकुमारी खनाल (सविता) उम्मेदवार छन् ।

यसैगरी, सदस्यहरूमा एसोसिएटतर्फ राजु खरेल तथा उद्योगतर्फ नेत्र प्रसाद पाण्डे, दीपक प्रसाद चापागाईं, ज्ञानबहादुर पुन र सुनिता बञ्जाडे उम्मेदवार छन् । यस्तै, वाणिज्यतर्फ काशीराम शर्मा पौडेल, लोकनाथ पाण्डे, गणेश प्रसाद भट्टराई र सतिश कसौधन उम्मेदवार छन् ।

त्यस्तै, खुला सदस्यतर्फ विष्णु घिमिरे पन्थ (कमला), माधव प्रसाद भुसाल, जगानाथ न्यौपाने, उमेश अमात्य, सबर मियाँ, नारायण रायमाझी, दीपक घिमिरे, जमुना पौडेल र नमकला बेलवासे (शारदा) उम्मेदवार छन् ।

राजनीतिक छत्रछायाँ भन्दा टाढा रहेको यो व्यावसायिक टीम भावी नेतृत्वका लागि निर्वाचित हुने धेरैको अनुमान छ । यो टीम निर्वाचित भए बुटवल उद्योग वाणिज्य संघको शाख उँचो बन्ने विश्वास समेत गरिएको छ ।

यस्तै, श्रेष्ठको प्यानलमा वरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरे, उद्योग उपाध्यक्ष नवीन श्रेष्ठ, महासचिव बाबुराम बिक, सचिव प्रतीक पोखरेल, कोषाध्यक्ष प्रकाश श्रेष्ठ, सहकोषाध्यक्ष जाकिर हुसेनलगायत छन् ।

नयाँ कार्यसमितिका लागि वाणिज्य उपाध्यक्ष विमल भट्टराई भने निर्विरोध निर्वाचित भइसकेका छन् । संघमा एक हजार ७७८ व्यवसायी आवद्ध रहेको बताइएको छ ।