
काठमाडौं, १८ असोज । काठमाडौं महानगरपालिका–३ स्थित लाजिम्पाटमा रहेको फो ९९ रेष्टुरेन्टको म:ममा साङ्ला भेटिएको छ।
म:म खानेक्रममा साङला भेटिएपछि ग्राहकले महानगरपालिकालाई खबर गरेका थिए । ग्राहको उजुरीपछि महानगरपालिकाले रेष्टुरेन्टमा ताला लगाएको छ ।
महानगर प्रहरी प्रमुख राजु पाण्डे, स्वास्थ्य विभागका कर्मचारी सहितको टोली अनुगमनको क्रममासमेत अखाद्य वस्तु भेटेपछि ताला लगाएको हो ।
हालका लागि ताला लगाइएको र जरिवाना गर्ने वा मुद्दा चलाउने भन्ने विषयमा टुंगो लाग्न बाँकी रहेको महानगरले जानकारी दिएको छ ।















प्रतिक्रिया