७ कार्तिक २०८३, शनिबार

रिगलविरूद्वको सुनुवाई सकियो, आदेश आजै आउने

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । बाँकेका गुण्डा नाइके रिगल भनिने योग ढकालविरूद्वको रिट निवेदनमाथिको सुनुवाई सकिएको छ ।

सर्वोच्च अदालतमा न्यायाधीस डा। मनोजकुमार शर्माको इजलासमा सुनुवाई सकिएको हो । रिगलले २०७२ सालमा नेपालगञ्जको धम्बोझी चोकमा दिउँसै खुँडा प्रहार गरी चेतन मानन्धरको हत्या गरेका थिए ।

अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । गत संविधान दिवसमा सरकारको सिफारिसमा रिगललाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

आदेश सुनाउन भने बाँकी छ । अदालतले आजै आदेश सुनाउने बताइएको छ ।