
काठमाडौं, १८ असोज । नेकपा एमाले गण्डकी प्रदेशको अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ ।
बिहान ११:५५ बजेबाट मतदान सुरू भएको हो । साँझ ५:३० बजेसम्म मतदान जारी रहनेछ । मतदानका लागि ३३ वटा भोटिङ मेसिन प्रयोग गरिएको छ । अधिवेशनबाट १६५ सदस्यीय कमिटी चुनिनेछ ।
तीमध्ये २७ सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । गण्डकी प्रदेश अध्यक्षका लागि निवर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारी चुनावी मैदानमा छन् ।
मतदानमा कुल ९०७ जनाले भाग लिनेछन् । मतपरिणाम आजै सार्वजनिक हुने बताइएको छ ।















प्रतिक्रिया