
काठमाडौं, १८ असोज । बाँकेका गुण्डा नाइके रिगल भनिने योग ढकालविरूद्वको रिट न्यायाधीस डा. मनोजकुमार शर्माको इजलासमा तोकिएको छ ।
ढकाललाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि त्यसको विरोधमा सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
रिगलले २०७२ सालमा नेपालगञ्जको धम्बोझी चोकमा दिउँसै खुँडा प्रहार गरी चेतन मानन्धरको हत्या गरेका थिए । अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।
गत संविधान दिवसमा सरकारको सिफारिसमा रिगललाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले सर्वोच्चमा रिट दायर गरेका हुन् ।















प्रतिक्रिया