
काठमाडौं, १८ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बझाङको चैनपुर केन्द्रबिन्दु भएर मंगलबार अपराह्न गएको ६.३ म्याग्निच्यूडको भूकम्प र त्यसयता पटक पटक गएका परकम्पका कारण एक जनाको मृत्यु, दर्जनौँ घाइते हुनुका साथै कैयौँ घर तथा कार्यालय भवनहरू भत्किएको समाचारले आफूलाई दुःखित तुल्याएको बताएकी छन् ।
उनले बझाङको भूकम्पले पुनः २०७२ सालको विनाशकारी भूकम्पको सम्झना दिलाएको भन्दै भूकम्पमा परी ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाजली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेकी छन् । साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेकी छन् ।
पूर्वराष्ट्रपति भण्डारीले भनेकी छन्, ‘भूकम्प प्रभावितहरूको लागि यथाशीघ्र राहत र पुनर्स्थापना व्यवस्था गर्न तथा भत्किएका संचनाहरूको पुनर्निर्माणको पहल गर्न म सम्बन्धित निकायहरूलाई हार्दिक आह्वान गर्दछु । ठूलो भूकम्पपश्चात आउन सक्ने परकम्पबाट हुने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपाउन समेत म सबैमा अनुरोध गर्दछु ।’











प्रतिक्रिया