शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

एनआरएनए मध्यपूर्व उपसंयोजकमा पूर्णबहादुर पोखरियाको उम्मेदवारी घोषणा

दैनिक नेपाल २०८० असोज १८ गते ७:००

काठमाडौं, १८ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को मध्यपूर्व उपसंयोजकमा पूर्णबहादुर पोखरियाले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

कतारलाई कर्मभूमि बनाएका उनले एनआरएनएको ११औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा (२०२३–०२५) कार्यकालको लागि गल्फ उपसंयोजकमा उम्मेद्धारी दिने घोषणा गरेका हुन् ।

सन् २००५ मा कतार प्रवेश गरेर निरन्तर नेपाल र नेपालीहरुको हितमा आफूलाई समर्पित गरिरहेको उल्लेख गर्दै पोखरियाले गल्फमा हुने हरेक सामाजिक अभियानहरुमा आफ्नो सहभागिता रहेको र भविष्यमा पनि निरन्तर रहने बताएका छन् ।

‘एनआरएनएको राष्ट्रिय र अन्तर्राष्ट्रिय समितिहरुमा बसेर काम गरेको अनुभवहरुलाई मध्यपूर्वको हकहितमा म हैन हामी बनेर समर्पित गर्न चाहान्छु ।मध्यपूर्वको सबै देशहरुलाई समान आँखाहरुले प्रेम र सद्धभाव गर्नेछु । हामी बसेको देश रेमिट्यान्सको देश हो । श्रमिकहरुको देश हो । श्रमिक र श्रमलाई प्रेमिल आँखाहरुले सम्मान गर्ने हैसियतमा पुर्‍याउने छौं ।’ पोखरियाले भनेका छन्, ‘हामी सामूहिक योजना र कार्यमा विश्वास राख्नेछौँ । मेरो उम्मेदवारीलाई हाम्रो बनाउने पहिलो प्रयास हुनेछ । तपाईहरुको आवाज, समस्या र प्रगति हाम्रो हुनेछन् । म सम्पूर्ण रुपले तपाईहरुको सहयात्री भएर यात्रा गर्नेछु । यो यात्रालाई सफल बनाउनको लागि तपाईहरुको अमूल्य मत र सहयोगको अपेक्षा राख्दै मेरो जीतलाई हाम्रो जीत बनाउन स–विनय अनुरोध गर्दछु ।’

प्रतिक्रिया
सम्बन्धित