
रूपन्देही, १७ असोज । कपिलवस्तुको वाणगंगा नगरपालिकामा सर्पले एकै परिवारका दिदी बहिनीलाई डसेको छ ।
सर्पले डस्दा बहिनीको मृत्यु भएको छ भने दिदीको अवस्था गम्भीर रहेको छ । वाणगंगा नगरपालिका- ९ भलवाड जिनुवास्थित मोतीलाल क्षेत्रीका छोरीहरु ३ वर्षीय रीतिका र ८ वर्षीय इशिकालाई मंगलबार राति सर्पले डसेको थियो ।
रीतिकाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
इशिकाको भेण्टिलेटरमा राखेर उपचार भइरहेको छ ।















प्रतिक्रिया