७ कार्तिक २०८३, शनिबार

वर्तमान गठबन्धनले कांग्रेस बिना काम गर्न सक्दैन: माधवकुमार नेपाल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान गठबन्धनले कांग्रेस बिना कुनै पनि काम गर्न नसक्ने बताएका छन् ।

मेची महाकाली समाजवादी जागरण अभियानको क्रममा धनुषाको जनकपुरधाम पुगेका अध्यक्ष नेपालले समाजवादी प्रेस संगठन मधेश प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस बिनाको सरकारको कल्पना समेत अहिले गर्न नसक्ने बताएका हुन् ।

उनले प्रचण्ड नेतृत्वको सरकारमा केही कमी कमजोरी भएपनि सुधार गर्न आफूहरु अभिप्रेरित गर्दै सरकारलाई बचाइ राख्ने जिकिर गरे । देशमा एक परिवारको शासन र बर्चश्वका लागि धार्मिक अतिवादका क्रियाकलाप सुरु भएको भन्दै उनले आफूहरू देशमा भएको परिवर्तनको रक्षाका लागि सधैँ तत्पर रहने धारणा राखे ।

नेपालले संविधानमा उल्लेखित समाजवादका मुख्य आधार शिक्षा, स्वास्थ्य, रोजगारका लागि आफूहरू केन्द्रित रहेको र समृद्वि र सुशासनका लागि अभियान चलाइरहेको जानकारी दिए ।