७ कार्तिक २०८३, शनिबार

दोलखामा सुन बरामद प्रकरणमा थप एकजना चिनियाँ पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । दोलखामा सुन बरामद प्रकरणमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौंबाट एकजना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चीनको सिचुवान घर भई काठमाडौं महानगरपालिका-१५ किमडोल स्वयम्भू बस्ने ६६ वर्षीय तासी, दावा भन्ने आगर लामा छन्। प्रहरीले दोलखाको बिगु गाउँपालिका-१ बाट ११ किलो सुन बरामद गरेको छ ।

यो प्रकरणमा हालसम्म आठजना पक्राउ परेका छन् ।