७ कार्तिक २०८३, शनिबार

रिगललाई आममाफी दिएको विरोधमा चेतनकी श्रीमती भारतीले थालिन् अनशन

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । बाँकेका चेतन मानन्धनरको हत्या आरोपमा जेलमा रहेका गुण्डा नाइके योगराज ढकाललाई आममाफी दिएको विरोधमा चेतनकी श्रीमती भारती मानन्धरले काठमाडौंमा अनशन थालेकी छिन् ।

भारतीले माइतीघर मण्डलामा अनशन सुरु गरेकी हुन् । रिगलको आममाफी फिर्ता गर्दै पुन: जेल चलान गर्नुपर्ने उनको माग छ ।

रिगलले २०७२ साल असार २७ गते नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

तर गत संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगललाई आममाफी दिएका थिए ।