१ कार्तिक २०८३, आइतबार

वरिष्ठ गायिका दिलमाया खातीको निधन

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । वरिष्ठ गायिका दिलमाया खातीको ८४ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि दम रोगबाट पीडित खातीको गएराति भारतको सिलगढीमा निधन भएको हो ।

सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी गायिका खाती पहिलो पटक सन् १९६२ मा काठमाडौं आएकी थिइन् ।

काठमाडौं आएका बेला आफन्तकोमा उनले गाएको गीत सुनेर संगीतकार शिवशंकर, नातिकाजी श्रेष्ठ र गायिका तारादेवीले नेपाली गीत आउन आग्रह गरेका थिए । त्यसपछि उनी गायन क्षेत्रमा लागेकी थिइन् ।