२७ कार्तिक २०८३, शुक्रबार

बागमती प्रदेश सभा बैठक बस्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १७ असोज । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । गत सोमबार विवादकाबीच स्थगित भएको बैठक आज बुधबार दिउँसो ४ बजे बजेका लागि बोलाइएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सोमबार विवादास्पद चिट्ठा विधेयकको विरोध जनाउँदै बैठक अवरुद्ध गरेको थियो । बैठक अवरुद्ध भएपछि सभामुख भुवन पाठकले १५ मिनेटका लागि स्थगित गरेका थिए ।

पछि पुनः बस्न नसके पछि मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियो । तर मंगलबार बैठक नै नबसी बुधबारसम्मका लागि बैठक स्थगित गरिएको छ ।

चिट्ठा विधेयक गत वैशाख १२ गते संसदबाट पारित भइ प्रदेश प्रमुख कार्यालयमा गएको थियो तर प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक फिर्ता गरिदिएका थिए ।

गत जेठ ७ गते पुनः संसदमा फिर्ता भएको उक्त विधेयकमा भएका त्रुटिहरू सच्याउन सुझाव सहित पुनः छलफलका लागि प्रदेश प्रमुख शर्माले संसदमा फिर्ता पठाएका थिए । तर, सोही फिर्ता भएको चिठ्ठा विधेयक सरकारले एकाएक सोमबारको बैठकमा पेश गर्न खोजे पछि बैठकमा विवाद भएको थियो ।