२८ आश्विन २०८३, बुधबार

राष्ट्रिय मुद्दामा सबै राजनीतिक दलहरू एकजुट हुनुपर्छ : केपी ओली

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकतालाई मजबुत तुल्याउन राष्ट्रिय मुद्दामा सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताएका छन् ।

आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले देश र जनताको सर्वोपरी हितलाई केन्द्रमा राखेर राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको विषयमा एकजुट भएर अघि बढ्नुपर्ने बताएका हुन् ।

राष्ट्रका हितहरूलाई सर्वोपरी राख्दै विकासका प्रयासमा एकजुट हुन र सामाजिक सद्भाव कायम राख्न अध्यक्ष ओलीले अपिल समेत गरेका छन् ।

मित्रराष्ट्र मुलुकहरूसँगको सम्बन्धलाई सुमधुर तुल्याई, कुटनीतिक सम्बन्धलाई बलियो र थप प्रगाढ तुल्याउन लागिपर्ने उल्लेख गर्दै उनले परराष्ट्र नीतिमा एक दृष्टिकोण बनाई नेपालको स्वाभिमान र गरिमा बढाउनुपर्ने विचार व्यक्त गरे ।