२८ आश्विन २०८३, बुधबार

मुख्य पार्टीहरूको विदेशसम्बन्ध सत्ता केन्द्रित : राजेन्द्र लिङ्देन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडों, १६ असोज । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्दनले मुख्य पार्टीहरूको विदेशसम्बन्ध सत्ता केन्द्रित रहेको आरोप लगाएका छन् ।

राप्रपा अन्तर्राष्ट्रिय सम्बन्ध विभागले आज मंगलबार काठमाडौंमा आयोजना गरेको ‘नेपालको परराष्ट्र नीति : विगत, वर्तमान र भविष्य’ विषयक विचार गोष्ठीमा लिङ्दनले सत्ताका लािग जे पनि सम्झौता गर्ने र विदेशीहरूको साथ समर्थन नभए सत्तामा पुग्न नसक्ने भन्दै मुख्य पार्टीहरूको विदेशसम्बन्ध राख्ने गरेको बताएका हुन् ।

उनले नेपालको भूराजनीतिक अवस्था अहिले सामान्य अवस्थामा नरहेको उल्लेख गरे । उनले सत्तापक्षीय कमजोरीका कारण प्रतिस्पर्धाको शिकार नेपाल बन्न सक्ने खतरा रहेको औँल्याए ।

नेपालले विश्वसमूदायसँगको सम्बन्धमा बारेमा ठोस अवधारणा बनाउन जरुरी रहेको उनको भनाइ छ । लिङ्देनले पार्टीको नभई देशको परराष्ट्र नीति हुनुपर्ने बताए ।

उनले एकदेशसँगको सम्बन्धले अर्को देशलाई असर नपर्ने ढंगले अघि बढ्नुपर्ने बताए ।