७ कार्तिक २०८३, शनिबार

बझाङ भूकम्प: घाइते हुनेको संख्या नौ पुग्यो

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । बझाङको तेलकोटलाई केन्द्रबिन्दु बनाएर आज दिउँसो गएको भूकम्पमा परेर नौजना घाइते भएका छन् ।

भूकम्पमा परेर बझाङमा आठ जना र अछाममा एक जना घाइते भएका हुन् ।

बझाङमा सत्यवादी मावि भोपुरका चार विद्यार्थीसहित पाँच जना, छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा दुईजना र केदारस्युँ गाउँपालिकाका एक जना गरी छ जना घाइते भएका हुन् ।

यस्तै अछाममा पनि एकजना घाइते भएका छन् । बझाङका घाइतेहरूलाई जिल्ला अस्पतालमा लगिएको छ भने अछाममा घाइते भएकाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।