७ कार्तिक २०८३, शनिबार

बझाङमा भूकम्पमा परी दुई जना घाइते

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । बझाङको तेलकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर दुईजना घाइते भएका छन् ।

जिल्लाको छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा भूकम्पमा दुईजना स्थानीय घाइते भएका हुन् ।

भूकम्पले केही घरहरू र विद्यालय भवनहरूसमेत भत्किएका छन् ।

यस्तै, भूकम्पसँगै आएको सुक्खा पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ।