७ कार्तिक २०८३, शनिबार

बझाङमा भूकम्पले घरहरू भत्किए (तस्वीरहरू)

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । आज दिउँसो बझाङको तलकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले बझाङका केही घर र विद्यालयहरूमा क्षति पुगेको छ ।

२ बजेर ४० मिनेट र ३ बजेर ७ मिनेटको समयमा भएको भूकम्पले घरहरू भत्किएको प्रहरीले जानकारी दिएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङको तलकोट केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ म्याग्नेच्युट र ६ दशमलव ३ म्याग्नेच्युटको भूकम्प गएको हो।

घरहरूसमेत भत्किएपछि स्थानीयहरू त्रसित छन् । अहिले स्थानीयहरू घर बाहिर बसिरहेका छन् ।