७ कार्तिक २०८३, शनिबार

दोलखामा सुन बरामद प्रकरण: चिनियाँ नागरिकसहित थप ३ जना पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । दोलखा बरामद ११ किलो सुन प्रकरणमा थप तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चिनियाँ नागरिकसमेत रहेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक साथी भनिने गेङ्रु, उनका सहयोगी र सुन किनबेचमा संलग्न लालबहादुर तामाङ छन् ।

प्रहरीले उनीहरुलाई स्वयम्भुबाट पक्राउ गरेको हो । यस प्रकरणमा यसअघि ७ जना पक्राउ परिसकेका छन् ।

प्रहरीले दोलखाको बिगु गाउँपालिकामा तीन पटकमा गरी तस्करी गरी ल्याइएको ११ किलो सुन बरामद गरेको छ ।

थप सुन अझै भेटिने आशंका गरिएको छ ।