
काठमाडौं, १६ असोज। काठमाडौंमा इन्द्रजात्रा हेर्न गएका युवकको हत्या भएको छ ।
इन्द्रजात्रा हेर्न न्यूरोड पुगेका ओखलढुंगाको लिखुगाउँपालिका-४ का १७ वर्षीय सनी कार्कीको धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।
उनलाई अस्पताल लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले केहि युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया