शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

एनआरएनएको महासचिवमा गौरीराज जोशीको उम्मेदवारी घोषणा

दैनिक नेपाल २०८० असोज १६ गते १०:५७

काठमाडौं, १६ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को महासचिवमा गौरीराज जोशीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

जोशीले एनआरएनएको अभियानलाई थप परिस्कृत गर्न यसपटक पनि महासचिव पदमा उम्मेदवारी दिन लागेको स्पष्ट पारेका छन् ।

यहि असोज ३० गते काठमाडौंमा हुन लागेको एनआरएनएको ११औँ महाधिवेशनमा जोशीले महासचिवमा उम्म्मेदवारी दिन लागेका हुन् ।

‘अहिले म काठमाडौंमा छु र महाधिवेशनसम्म यतै हुनेछु । महाधिवेशन मुखमै आएकाले अहिले सचिवालयका काममा केही व्यस्तता बढेको छ । सचिवालयकै कामको व्यस्तताका कारण एनसीसीहरुमा तपाईंहरुलाई प्रत्यक्ष भेट्न आउन नसकेको बाध्यता पनि जानकारी गराउन चाहान्छु । लामो समयदेखि यही अभियानमा क्रियाशील रहेकाले एनसीसीहरुका हरेक समस्या तथा मुद्दाहरु नजिकबाट बुझेको छु ।’ जोशीले भनेका छन्, ‘मेरो उम्मेदवारीलाई लिएर संसारभरबाट सकारात्मक प्रतिक्रिया र शुभेच्छा प्रकट गर्नुहुने सबैमा हृदयदेखि नै आभार प्रकट गर्न चाहान्छु । मलाई विभिन्न माध्यमबाट सन्देश आइरहेका छन् । सकभर मैले तपाईंहरु सबैको कल, म्यासेजको रेस्पोन्स गर्ने प्रयत्न गरिरहेको छु। व्यस्तता बढेकाले रेन्सपोन्स गर्न केही ढिलाइ पनि भएको हुनसक्छ। र, केही छुटपुट पनि भएको हुनसक्छ । मलाई विश्वास छ, हजुरहरुले मेरो बाध्यता बुझिदिनुहुनेछ ।’

उनले महासचिवमा निर्वाचित भएर काम गर्ने आफ्नो इच्छालाई सबैले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

‘आशा छ, निर्वाचित महासचिव भएर काम गर्ने मेरो इच्छालाई तपाईंहरु सबैले सहयोग गरेर पुरा गरिदिनुहुनेछ । मेरो अभिभारा नेपाल र नेपालीका लागि हो समग्र एनआरएन समुदायका लागि हो ।’ जोशीले भनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित