२८ आश्विन २०८३, बुधबार

एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनको बन्द सत्र सुरू

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १५ असोज । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको बन्द सत्र सुरू भएको छ ।

पोखरा सभागृहमा एमाले गण्डकीको प्रथम अधिवेशनको बन्द सत्र सुरू भएको हो ।

बन्द सत्रमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य किरण गुरुङ, थममाया थापा, पोलिटब्यूरो सदस्य जगत विश्वकर्मासहितका नेता सहभागी छन् ।

अधिवेशनमा प्रदेशभरबाट ९०७ जना प्रतिनिधि सहभागी छन् । अधिवेशनले १६५ सदस्यीय कमिटी चुन्नेछ ।

प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, केन्द्रीय सदस्य मायानाथ अधिकारी, कृष्ण थाहा राजीव पहारी, बागलुङका जिल्ला अध्यक्ष हीराबहादुर केसी, तनहुँका पूर्व प्रदेश सभा सदस्य केदार सिग्देल, स्याङ्जा सोभियत ढकालको प्रदेश अध्यक्षमा दाबी छ ।