२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: बहालवाला सचिवविरूद्व भ्रष्टाचार मुद्दा, असईले गरे एक करोड बढी घोटाला

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका बहालवाला सचिव मधुकुमार मरासिनीसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ६ वर्षअघि खरिद भएको नेसनल पेमेन्ट गेटवे (एनपीजी) मा भ्रष्टाचार भएको ठहर गर्दै मुद्दा दर्ता गरेको हो ।

अख्तियारले सचिव मरासिनीविरुद्ध २३ करोड रुपैयाँ बिगो दाबी गरेको छ। नेशनल पेमेण्ट गेटवे अहिलेसम्म प्रयोगमा आउन सकेको छैन ।

आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत तयार गरी २५ करोडमा पेमेन्ट गेटवे प्रणाली खरिद गरी सरकारको सम्पती गैरकानूनी तवरले हानी नोक्सानी गरेको भन्ने उजुरीको आधारमा अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

हेरौँ दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–