२८ आश्विन २०८३, बुधबार

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको नेतृत्वमा दाहाल

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ काठमाडौं जिल्ला शाखाको अध्यक्षमा नारायण प्रसाद दाहाल चयन भएका छन् ।

आइतबार राजधानीमा सम्पन्न महासंघको आठौं अधिवेशनले दाहाललाई निर्विरोध चयन गरेको हो ।

अधिवेशनले महासंघको प्रथम उपाध्यक्षमा विष्णु गिरी, द्वितीय उपाध्यक्षमा दिलिप पुरी, सचिवमा तुलसी प्रसाद अगस्ती, कोषाध्यक्षमा केदार बहादुर कार्की र सहसचिवमा किशोर पौडेललाई चयन गरेको छ ।

यस्तै, लेखा समितिको संयोजकमा कमल रिजाल चयन भए भने सदस्यहरुमा कमल अछामी, गोविन्द पौडेल, धनञ्जय पौडेल, पदम भण्डारी, राजन सिवाकोटी, सुरज पाण्डे, बाबुराम आचार्य, राजेन्द्र रिजाल, ईश्वरी मरासैनी, नुद प्रसाद तिमिल्सिना, भोजराज बास्तोला र मान कुमारी पाण्डे चयन भएका छन् ।