२८ आश्विन २०८३, बुधबार

एमाले कर्णालीको अध्यक्षमा गुलावजंग शाह र सचिवमा ध्रुव शाही निर्वाचित

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णालीको अध्यक्षमा गुलावजंग शाह र सचिवमा ध्रुव शाही निर्वाचित भएका छन् ।

एमाले पोलिटब्युरो सदस्यसमेत रहेका शाह ३६९ मत पाएर निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी कालिकोटका मीनबहादुर शाही ले २०७ मत पाए । यस्तै, अध्यक्षकै अर्का उम्मेदवार प्रकाश रोकायाले ४ मत मात्रै प्राप्त गरेका छन् ।

यस्तै, उपाध्यक्षमा जुम्लाका टेकराज पछाई निर्वाचित भएका छन् । उनले ३४२ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी जाजरकोटका लालबहादुर महताराले १७६ र मुगुका दानसिंह परियारले ५९ मत प्राप्त गरे ।

यस्तै सचिवमा सुर्खेतका ध्रुवकुमार शाही ४०६ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी दैलेखका रुद्रबहादुर शाहीले १६९ मत प्राप्त गरे ।