२९ आश्विन २०८३, बिहिबार

ग्लोबल आईएमई बैंकले गर्‍यो कर्जा नोक्सान ग्यारेन्टीसम्बन्धी सम्झौता

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । ग्लोबल आईएमई बैंकले कर्जा नोक्सान ग्यारेन्टीसम्बन्धी सम्झौता गरेको छ ।

बैंकले नवीकरणीय ऊर्जा कोषमार्फतको कर्जा नोक्सान ग्यारेन्टीका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग यस्तो सम्झौता गरेको हो ।

समझदारी पत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले हस्ताक्षर गरेका छन् ।

बैंकले नवीकरणीय उर्जा क्षेत्रमा वित्तीय उत्थानका निमित्त दीगो ऊर्जा चुनौती कोषअन्तर्गत सम्झौता गरेको जनाएको छ ।

यो व्यवस्थाले देशमा नवीकरणीय उर्जा वित्तीय उत्थानलाई मापन गर्ने अपेक्षा गरिएको छ । कर्जा नोक्सान ग्यारेन्टीले दिगो उर्जाका लागि ऋण प्राप्त गर्दा धितोको आवश्यकतालाई पनि सहज बनाउने अपेक्षा गरिएको छ ।

बैंकले यस्ता किसिमका परियोजनाहरुमा लगानी गर्नुका साथसाथै साना तथा मझौला व्यवसायलाई प्रवर्द्धन गर्न विभिन्न वित्तीय सुविधाहरु प्रदान गर्दै व्यवसाय वृद्धिको लागि सहयोग गर्ने लक्ष्यअनुसार यस सम्झौताअन्तर्गत देशको दूरदराजमा सञ्चालन हुने परियोजनाहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्नेछ ।