२९ आश्विन २०८३, बिहिबार

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न सरकार तयार

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएकी छिन् ।

आज सोमबार सिंहदरवारमा सञ्चारमाध्यममा देखिएको समस्याका बारेमा नेपाल पत्रकार महासंघ र श्रमजीवी–पत्रकार संघको ध्यानाकर्षण कार्यक्रममा मन्त्री शर्माले ऐन कार्यान्वयनमा देखिएको समस्याप्रति सरकार गम्भीर रहेको भन्दै आवश्यक परे समाधान गरिने बताएकी हुन् ।

उनले ऐन कार्यान्वयन हुन नसक्नुको कारण पहिचान गर्नुपर्ने र ऐनमा कमी कमजोरी देखिए पूर्ण बनाउनुपर्ने धारणा गरिन् । सञ्चारमाध्यममा देखिएको श्रमका समस्याप्रति मन्त्रालय जानकार रहेकाले सूचना तथा प्रसारण विभागलाई समाधानका लागि आग्रह गरिएको उनको भनाइ छ ।

मन्त्री शर्माले सहज रुपमा श्रम सम्बन्धी विषय हल हुन नसके कानुनी बाटो खुल्ला गर्नुपर्नेमा मन्त्रालय प्रष्ट रहेको पनि स्पष्ट गरेकी छिन् ।