२९ आश्विन २०८३, बिहिबार

खाजा खान रेष्टुराँ गएकी महिला बलात्कृत, बलात्कारपछि गर्भवती

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

प्यूठान, १५ असोज । खाजा खान रेष्टुराँ गएकी एक महिला बलात्कृत हुनाका साथै गर्भवती समेत बनेकी छिन् ।

गत भदौ १४ गते दिउँसो स्वर्गाद्वारी नगरपालिका–४ भिंगृ बजारस्थित एवन रेष्टुराँमा खाजा खान गएकी महिला बलात्कृत भएकी हुन् ।

२८ वर्षीया महिलालाई बलात्कार गरी गर्भ बोकाएको तथा अवैध औषधि सेवन गराई गर्भ तुहाएको आरोपमा प्रहरीले रोल्पाको रोल्पा नगरपालिका–३ खुमले बस्ने २९ वर्षीय सुरेन्द्र विकलाई आइतबार दिउँसो पक्राउ गरेको छ ।

विकले ती महिलालाई गत भदौ १४ गते दिउँसो स्वर्गद्वारी नगरपालिका–४ भिंगृ बजारस्थित एवन रेष्टुराँमा खाजा खान लगी बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कारपछि बसेको गर्भ फाल्नुपर्छ भन्दै ललाई फकाई थाहा नभएको औषधि सेवन गर्न दिँदा गर्भ खेर गएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भिंग्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।