२९ आश्विन २०८३, बिहिबार

कर्णाली मतपरिणाम अपडेट : एमाले कर्णालीको अध्यक्षमा गुलाबजङ्गको अग्रता

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको मतगणनामा अध्यक्षका उम्मेदवार गुलाबजङ्ग शाहले आफ्नो अग्रता कामय राखेका छन् ।

हालसम्म उनले १२१ मत पाएका छन् । भने उनका प्रतिस्पर्धी मीनबहादुर शाहीले ६५ मत पाएका छन् ।

यस्तै, उपाध्यक्ष पदका उम्मेदवार टेकराज पछाईले १०८ मत प्राप्त गरेका छन् भने लालबहादुर महताराले ५९ मत प्राप्त गरेका छन् ।

यसैगरी, सचिव पदका उम्मेदवार ध्रुवबहादुर शाहीले १३७ मत ल्याउँदा रूद्रबहादुर शाहीले ५१ मत पाएका छन् ।

एमाले कर्णालीको पहिलो अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आइतबार निर्वाचन भएको थियो ।