७ कार्तिक २०८३, शनिबार

मौसम खराबीका कारण पोखरा उड्न पाएनन् केपी ओली

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । मौसम खराबीका कारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जान पाएनन् ।

अध्यक्ष ओलीले आजदेखि पोखरा सुरू हुने गण्डकी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । तर मौसम खुल्न नसक्दा ओलीले टिकट रद्द गरेका हुन् ।

अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि टिकट रद्द गरेका छन् ।

पार्टीका महासचिव शंकर पोखरेल भने मौसम खुलेपछि केहीबेर अघि मात्रै पोखरा उडेका छन् ।

अध्यक्ष र विरिष्ठ उपाध्यक्ष पोखरा जान नपाएपछि महासचिव पोखरेलले अधिवेशनको उद्घाटन गर्ने तय भएको छ ।