२८ आश्विन २०८३, बुधबार

एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा बुद्धिराज घिमिरेको उम्मेदवारी घोषणा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टोकियो, १५ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा बुद्धिराज घिमिरेले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एनआरएनए जापानका पूर्वमहासचिव रहेका घिमिरेले आगामी कार्यकाल २०२३/२५ को लागि जापानबाट एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा उम्मेदवारी दिन लागेका हुन् ।

घिमिरेले एनआरएनएको विभिन्न पदमा रहेर १५ वर्ष काम गरिसकेका छन् । घिमिरे २०११/१३ मा कान्तोको सचिव, २०१५/१७ मा राष्ट्रिय कमिटी सचिव र २०१७/१९ मा राष्ट्रिय कमिटिको महासचिवमा सर्वसम्मत भएका थिए भने २०१९/२१ मा आइसीसी विधान ड्राफ्ट कमिटी सदस्य भएर गैरआवासीय नेपालीको हकहितका लागि काम गरेका गरेका छन् ।

घिमिरेले आफूलाई विभिन्न पदमा बसेर काम गर्न अवसर प्रदान गर्नेहरुप्रति आभार व्यक्त गर्दै आगमी दिनमा पनि साझेदारी, हातेमालो गर्दै संस्थामा सेवा गर्ने चाहना रहेको व्यक्त गर्दै यसपटक पनि सुझाव सहित सहयोग गर्न अनुरोध गरेका छन् ।