२९ आश्विन २०८३, बिहिबार

क्लासिक टेकले ल्यायो दसैंतिहारका लागि आकर्षक योजना, भिडिओकोनको टीभी सस्तोमा बेच्ने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकले दसैं तथा तिहारको अवसरमा ‘दसैं तिहारको खुसीयाली, नेट, टीभी र राउटर यसपाली’ नामको चाडपर्व अफर ल्याएको छ ।

अफरअन्तर्गत क्लासिक टेकसँग आबद्ध हुन चाहाने नयाँ ग्राहकले २०० एमबीपीएस इन्टरनेट प्रतिमहिना ९०७ रुपैयाँ र ३०० एमबीपीएस इन्टरनेट प्रतिमहिना १ हजार १७७ रुपैयाँमा पाउनेछन् ।

साथै, जेडटीईको फइभ गिगाहर्ज क्षमताको राउटर र स्मार्ट सेट टप बक्स नि:शुल्क पाउने छन् । यस्तै, सेकेन्डरी राउटर जडान गर्न चाहानेका लागि पनि कम्पनीले सस्तो मूल्यमा सेवा उपलब्ध गराएको जनाएको छ ।

यसैगरी, क्लासिक टेकले क्यारो टेल कम्पनीसँग सहकार्य गरी भिडिओकोनको ३२ र ४३ इन्चको स्मार्ट टीभी सेट बजारको मूल्य भन्दा निकै सस्तोमा बिक्री गर्ने भएको छ । जस अनुसार ३२ इन्च टीभीको मूल्य १९ हजार १३१ रुपैयाँ र ४३ इन्च टीभीको मूल्य २८ हजार ७०१ रुपैयाँ तोकिएको छ । कम्पनीले यस्तो योजना गत वर्ष पनि ल्याएको थियो र सफलता पनि पाएको थियो ।

यसैगरी, कम्पनीले आफ्ना पुराना ग्राहकहरूका लागि पनि विशेष अफर ल्याएको छ । जस अनुसार २५० एमबीपीएसको वार्षिको रिचार्जमा ५०० एमबीपीएस इन्टरनेट स्पिड पाउनाका साथै १२ महिनाको रिचार्जबाट २४ महिना इन्टरनेट चलाउन पाउने कम्पनीले जनाएको छ । यो अफरमा पनि नि:शुल्क राउटर तथा सस्तो मूल्यमा टीभी खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।