
पोखरा, १४ असोज । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।
अधिवेशनको तयारी सन्दर्भमा जानकारी दिन आज पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत सबै तयारी पूरा भएको जानकारी दिइएको हो ।
अधिवेशन भोलि एमाले अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने कार्यक्रम छ ।
उपमहासचिव पृथ्वीसुब्बा गुरूङको उपस्थितिमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका सचिव एवं गण्डकी इन्चार्ज गोकर्ण विष्टले नेकपा एमाले पार्टीमा आन्तरिक जनवादलाई कार्यान्वयनमा ल्याउने पहिलो पार्टी भएको बताउँदै सहमतिबाट नेतृत्व छान्ने कुरा उच्चस्तरीय लोकतान्त्रिक अभ्यास भएको बताए ।
पत्रकार सम्मेलनमा पार्टीका स्थायी कमिटी सदस्य खगराज अधिकारी, किरण गुरूङ, प्रदेश अध्यक्ष नवराज शर्मा लगायतका नेताहरू उपस्थित थिए ।













प्रतिक्रिया