२९ आश्विन २०८३, बिहिबार

एमाले उपत्यका विशेष प्रदेश कमिटीद्वारा अधिवेशनको लोगो सार्वजनिक

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले यही असोज १९ र २० गते हुने प्रथम अधिवेशनको लोगो सार्वजनिक गरेको छ ।

पार्टीका पोलिटव्यूरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी ईञ्चार्ज सुजिता शाक्यले आज लोगो सार्वजनिक गरेकी हुन् ।

लोगो सार्वजनिक कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला कमिटी ईन्जार्चहरू विना श्रेष्ठ, सीता लामा, बालिका गिरी र गोविन्द दुवालको उपस्थिति थियो ।

अधिवेशनका लागि प्रतिनिधि छनौटको काम शनिबार सम्पन्न भएको छ । अधिवेशनमा तीनसयभन्दा बढीको सहभागिता रहने छ ।