
विराटनगर, १४ असोज । नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमार्फत सहमतीय प्रक्रियाबाट नेतृत्व छान्ने प्रयास करिब करिब असफल भएको हो ।
सहमतिबाट नेतृत्व चयन हुन नसक्ने भएपछि आजै अपराह्न ५ बजेदेखि मतदान गर्ने तयारी गरिएको छ ।
यसअघि दिउँसो १ बजेदेखि सुरु गर्ने भनिए पनि तयारी नपुगेकाले समय सारिएको थियो ।
एमालेको कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल उम्मेदवार छन् ।
यस्तै, उपाध्यक्षमा भने टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भइसकेका छन् । सचिवमा शैलेश लामा र राजकुमार भण्डारी उम्मेदवार छन् ।













प्रतिक्रिया