बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

एनआरएनएको कोषाध्यक्षमा जापानबाट सुदन थापाको उम्मेदवारी घोषणा

दैनिक नेपाल २०८० असोज १४ गते १३:०४

जापान, १४ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आईसीसी कोषाध्यक्ष पदमा जापानबाट युवा व्यवसायी सुदन थापाले उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनए आईसीसीको आगामी कार्यकाल २०२३–०२५ का लागि कोषाध्यक्षपदमा थापाले उम्मेदवारी दिने घोषणा गरेका हुन। एनआरएनए जापानका पूर्वअध्यक्ष थापाले कोषाध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् ।

एनआरएनए आईसीसीको युथ कोअर्डिनेटरको जिम्मेवारी समेत समालेका थापाले सबै पक्षलाई समेटेर सन्तुलन मिलाउन कोषाध्यक्षमा उम्मेदवारी दि न लागेको बताए । विगत १६ बर्षदेखि जापानमा व्यवसाय र सामाजिक कार्यमा सक्रिय थापा काम गर्न अब्बल युवाको रुपमा चिनिन्छन।

सन् २००८ बाट एनआरएनए जापानको कार्यसमिति सदस्य भएर एनआरएनएमा आफ्नो सामाजिक सेवा सुरू गरेका थापाले अहिलेसम्म निरन्तर रुपमा एनआरएनएमार्फत सामाजिक सेवा गर्दै आएका छन् । थापा एनआरएनए जापानको कार्यसमिती सदस्य, उपाध्यक्ष हुँदै अध्यक्ष तथा एनआरएनए आइसीसी युवा संयोजकमा रहेर काम गरेका छन् ।

रामेछापमा जन्मिएर काठमाडौंबाट अध्ययन गरी उच्चशिक्षाको लागि जापान छिरेका थापा ४ वर्ष जापानमा अध्ययन गरि रेस्टुरेण्ट व्यवसायमा लागेका थिए । रेस्टुरेण्ट, रेमिट्यान्स, रिकुईटमेन्ट लगायत व्यवसाय गर्दै लामो समय एनआरएनएमा निरन्तर काम गर्ने अभियन्ताको रुपमा थापा परिचित छन् ।

अहिलेसम्म भए गरेका कृयाकलापहरुलाई सुदृढ गर्दै वर्तमान संक्रमणकालिन अवस्थामा संस्थालाई कृयाशिल, ब्यवस्थित र पारदर्शी बनाउने विश्वासका साथ काम गर्ने उद्धेश्यले कोषाध्यक्षमा उम्मेदवारी उनको भनाइ छ ।

एनआरएनए कोषाध्यक्ष पदमा जापानबाट थापा र युएईबाट ठाकुर प्रसाद ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित