२७ कार्तिक २०८३, शुक्रबार

एमाले कर्णालीको नेतृत्व चयनका लागि आज मतदान

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेतं, १४ असोज । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको नयाँ नेतृत्वको लागि आज मतदान हुँदैछ । मतदान बिहान ८ बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको हो ।

हिजो बेलुकी ६ बजेदेखि मतदान प्रक्रिया सुरु गर्ने भनिए पनि व्यवस्थापनको अभावका कारण मतदान हुन सकेन ।

कर्णाली अध्यक्षका लागि तीन जनाबीच प्रतिस्पर्धा हुँदैछ । अध्यक्षका लागि कालीकोटका मीनबहादुर शाही, कालीकोटकै प्रकाश रोकाया र सल्यानका गुलाबजंग शाह चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

यसअघि कर्णाली प्रदेश सभाका पूर्वसभामुख राजबहादुर शाही र कालीकोटका प्रेमबहादुर सिंहले अध्यक्षको उम्मेदवारी फिर्ता लिएका थिए ।