२७ कार्तिक २०८३, शुक्रबार

एमाले कोशी प्रदेश अधिवेशन : भोलि बिहान ११ बजेबाट मतदान

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १३ असोज । नेकपा (एमाले) कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि भोलि आइतबार बिहान ११ बजेबाट मतदान हुने भएको छ ।

प्रदेश निर्वाचन कमिटीले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहान ११ बजेबाट अपरान्ह ४ बजेसम्म मतदान हुनेछ ।

निर्वाचन तालिका अनुसार उम्मेदवारको नाम फिर्ता लिने समय भोलि बिहान ७ बजेसम्मका लागि निर्धारण गरिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन बिहान ७ः१५ बजे हुनेछ ।

सहमतिको प्रयास असफल भएपछि कोशीमा पनि मतदानबाट नेतृत्व चयन हुन लागेको हो ।  प्रदेश अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचनबाट पाँच पदाधिकारीहरुसहित दुईसय १५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ ।

यसअघि एमालेको लुम्बिनी र बागमती प्रदेशमा पनि मतदानबाटै नेतृत्व चयन भइसकेको छ ।