
सुर्खेत, १३ असोज । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिएको छ ।
उम्मेदवारको अन्तिम नामवली प्रकाशित भएसँगै मतदान प्रक्रिया अगाडि बढेको छ । अन्तिम नामावलीअनुसार अध्यक्षका लागि तीन जना, उपाध्यक्षका लागि तीन, सचिव दुई, उपसचिवका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ।
अध्यक्ष पदमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजङ्ग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको छ ।
यसअघि अध्यक्षका प्रत्यासी राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका थिए ।
















प्रतिक्रिया