
सुर्खेत, १३ असोज । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षका लागि उम्मेदवारी दिएका राजबहादुर शाही र प्रेम बहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन् ।
शाही र सिंहले शुक्रबार अध्यक्ष पदका लागि उम्मेदवारी दिएका थिए ।
अब अध्यक्षका लागि गुलावजंग शाह, मीनबहादुर शाही, प्रकाश रोकायाबीच प्रतिस्पर्धा हुनेछ ।
उपाध्यक्षमा दानिसंह परियार, टेकराज पछाई र लालबहादुर महतराको उम्मेदवारी परेको छ।















प्रतिक्रिया