
सुर्खेत, १३ असोज । नेकपा (एमाले) कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुदैँछ । निर्वाचन समितिका अनुसार मतदान आज अपरान्ह १२ बजेबाट सुरु हुनेछ ।
कर्णाली प्रदेशको अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षका लागि गुलावजंग शाह, मीन बहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराएका हुन् ।
आज हुने निर्वाचनले पाँचजना पदाधिकारी सहित १३५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ ।











प्रतिक्रिया