७ कार्तिक २०८३, शनिबार

जडिबुटीमा निर्माण गरिएको पूर्वअरनिको बसपार्क नभत्काउन महानगरलाई अदालतको आदेश

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौैं, १२ असोज । काठमाडौंको जुडिबुटीमा दश करोड लागतमा निर्माण गरिएको पूर्वअरनिको यातायातको बसपार्क नभत्काउन अदालतले काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ ।

उच्च अदालत पाटनले महानगरलाई बसपार्क नभत्काउन आदेश दिँदै असोज १४ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

अदालतले महानगरलाई बसपार्क नभत्काउन आदेश दिँदै असोज १४ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

पूर्वअरनिको यातायात प्रा.लीले दायर गरेको रिटमा उच्च अदालत पाटनले यसमा निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने होरु जारी हुन नपर्ने आधार, कारण र प्रमाण भए सबूद प्रमाणसहित म्याद, सूचना पाएका मितिले बाटाका म्याद बाहेक १५ दिन भित्र आफै वा कानून वमोजिमको बारेस मार्फत लिखित जवाफ पेश गर्न पनि विपक्षी काठमाडौं महानगरपालिका नगर कार्यपालिकाका नाममा आदेश जारी गरेको छ।