
काठमाडौं, १२ असोज । प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नदीजन्य वस्तु बिक्री तथा व्यवस्थापन सम्बन्धमा आवश्यक पर्ने विधेयक सदनमा दर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले ढुंगा, गिट्टी, बालुवा उत्खनन् बिक्री तथा व्यवस्थापन सम्बन्धमा आवश्यक पर्ने विधेयक चालु अधिवेशनमा संघीय संसदमा दर्ता गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकमा समिति सदस्यहरूले नियम र मापदण्डमा रहेर सहज रूपमा क्रसर उद्योग सञ्चालन गर्नका लागि बाधा अड्कन फुटाउन सरकार गम्भीर हुनुपर्ने धारणा राखेका थिए ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति रमेश रिजालले आवश्यक नीति नियम नहुदा क्रसर उद्योगीहरूलाई समस्या परेकाले नीतिगत समस्या समाधान गर्नुपर्ने बताए । उनले नियम र मापदण्ड अनुसार गिट्टी बालुवा उत्खनन् हुनुपर्ने र यसका लागि आवश्यक कानून निर्माणको चरणमा रहेको जानकारी दिए ।
ढुंगा, गिट्टी, बालुवा उत्खनन् नगर्दा तराईका क्षेत्र मरुभूमि बन्ने समेत उनले बताए ।













प्रतिक्रिया