
काठमाडौं, १२ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको नेतृत्व चयनमा कुनै हस्तक्षेप नगरेको स्पष्ट पारेका छन् ।
आज विराटनगर विमानस्थलमा संचारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले आफूले भनेको कार्यकर्ताले मानेनन् भन्ने प्रचार गरिएकामा असन्तुष्टि जनाउँदै कसैलाई पनि भोट दिनु नभनेको स्पष्ट पारेका हुन् ।
सके नेतृत्व सर्वसम्मत चयन हुने र नसके स्वस्थ प्रतिस्पर्धा हुने उनले बताए ।
‘सके सर्वसम्मत हुन्छ । चुनाव लड्छौँ भन्नुभयो भने चुनाव हुन्छ । नसके स्वस्थ प्रतिस्पर्धा गर्नुहुन्छ, अनि मैले भनेको कसरी मानेनन् कार्यकर्ताले ? मैले फलानालाई भोट दिन भनेकै छैन । फलानालाई नदिनु भनेकै छैन । अनि कसरी मानेनन् कार्यकर्ताले ?,’ ओलीले भने ।















प्रतिक्रिया