७ कार्तिक २०८३, शनिबार

नेकपा एमाले बागमती प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । नेकपा एमाले बाग्मती प्रदेशको नयाँ नेतृत्वका लागि निर्वाचन जारी छ । अहिले मतदान भइरहेको छ । मतदान दिउँसो १२ बजेबाट मात्रै सुरू भएको हो ।

प्रदेश अध्यक्षका लागि रामेछापका कैलाश ढुङ्गेल र मकवानपुरका कृष्णप्रसाद दाहालबीच प्रतिस्पर्धा भइरहेको छ ।

यस्तै, सचिवका लागि नवराज सिलवाल र हस्त पण्डित उम्मेदवार छन् ।

प्रदेश कमिटीमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक, उपसचिव महिला एक, उपसचिव खुला एकसहित दुई सय ४० सदस्यीय नेतृत्व टीम चयन हुनेछन् ।