बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

एनआरएनएको उपाध्यक्षमा डा. विनोद श्रेष्ठको उम्मेदवारी घोषणा

दैनिक नेपाल २०८० असोज १२ गते ९:५२

अष्ट्रेलिया, १२ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय समन्वय परिषद्को उपाध्यक्षमा डा. विनोद श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

अस्ट्रेलियामा रहेका श्रेष्ठले एनआरएनएको आसन्न ११औँ अधिवेशनमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को उपाध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका हुन् ।

डा. श्रेष्ठले आफूले प्रवासमा इन्जिनियरिङ क्षेत्रमा हाँसिल गरेको ज्ञान, सिप, र विज्ञतालाई नयाँ उचाइमा पुर्‍याउन उम्मेदवारी दिन लागेको जनाएका छन् ।

‘हामी सबैको साझा संस्था गैरआवासीय नेपाली संघ ११औँ अधिवेशनको तयारीमा जुटेको हामी सबैलाई सर्वविदितै छ । यस आसन्न अधिवेशनसम्म आइपुग्दा यो संस्था हामी विदेशमा बस्ने नेपालीहरुको साझा सारथी र नेपालमै बस्ने सबै नेपालीहरूले चिन्ने सम्झने साझा संस्था बन्न सफल भएको देख्दा गौरवान्वित छौँ । यति हुँदाहुँदै पनि यस संस्थाको विकास र विस्तारसँगै थुप्रिएका विसंगतिहरुलाइ पाखा लगाई भविष्यमा अझ प्रभावकारी र सबैको थप अपनत्व हुनेगरी अगाडी बढाउन मैले प्रवासमा इन्जिनियरिङ क्षेत्रमा हाँसिल गरेको ज्ञान-सिप-विज्ञता, अनि मेरो स्वच्छ आचरण र समन्वयकारी व्यक्तित्वले संस्थालाई नयाँ उचाइमा पुर्‍याउन सहयोग पुग्छ भनि निरन्तर सल्लाह, सुझाव र उत्प्रेरणा दिनुहुने विश्वभर छरिएर रहनुभएका आदरणीय अग्रजहरु, सहकर्मी र शुभेच्छुक साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’, डा श्रेष्ठले भनेका छन्, ‘आज भन्दा १२ वर्ष अघि २०११मा अस्ट्रेलियाको राष्ट्रिय कमिटीमा उपाध्यक्ष पदमा उमेदवारी दिएर एनआरएनएसँग प्रत्यक्ष रुपमा सहभागी भएको, एनआरएनए अस्ट्रेलियाको ज्ञान, सीप तथा पुँजी हस्तातरण (एसकेआई) टास्क फोर्सको पहिलो प्रमुख लगायत एनसीसी/आइसीसीमा विभिन्न टास्क फोर्स, सल्लाहकार आदी हुँदै निरन्तर विभिन्न भुमिका निभाइ २०१९/२१ मा आइसीसी सदस्य रही सकेको, अस्ट्रेलियाको सिभिल इन्जिनियरिङ क्षेत्रमा नेतृत्वदायी भूमिका निभाएको, विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरुमा आबद्धता भएको अनुभवको आधारमा प्रवासी नेपालीहरूमाझ हार्दिकता कायम गर्दै एनआरएनए आइसीसीमा नेतृत्वदायी भूमिका निभाउन सक्छु भन्नेकुरामा विश्वस्त हुँदै आसन्न ११औँ अधिवेशनमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष पदमा उमेदवारी दिने निर्णय गरेको छु । यहाँहरु सबैलाई आ-आफ्नो ठाउँबाट सहयोग गरिदिनुहुन विनम्रतापूर्वक हार्दिक अनुरोध गर्दछु ।’

प्रतिक्रिया
सम्बन्धित